तीनकुने क्षेत्रमा सेना परिचालन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • १५ चैत, काठमाडौं।
  • कर्फ्यू आदेश पालना गराउन तीनकुने–बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–तिनकुने क्षेत्रमा अपरान्ह ४ः२५ बजेदेखि रातीको १० बजेसम्मको लागि कर्फ्यू लगाएको छ ।

१५ चैत, काठमाडौं।

कर्फ्यू आदेश पालना गराउन तीनकुने–बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–तिनकुने क्षेत्रमा अपरान्ह ४ः२५ बजेदेखि रातीको १० बजेसम्मको लागि कर्फ्यू लगाएको छ । राजवादी समूहको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा गरेको गरेको प्रर्दशनले उग्ररुप लिएको हो । सो क्रममा प्रदर्शनकारीहरुले संयमता गुमाउँदा प्रहरीमाथि नै आक्रमण भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीको हतियारसमेत खोसेका छन् । सो क्रममा उनीहरुले व्यक्तिको घर जलाइएका छन् । प्रदर्शनकारीको आक्रमणका कारण सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको टाउको नै फुटेकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?