आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ २४, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २४ माघ, काठमाडौं ।
  • सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको छ ।
  • आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको हो ।

२४ माघ, काठमाडौं ।

सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको छ । आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको हो । बुधबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, निजी मेडिकल व्यवसायीका प्रतिनिधि र आवासीय चिकित्सकका प्रतिनिधिहरुसहित छलफल भएको थियो ।

सो छलफलमा आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको एक सहभागीले बताए । तर चिकित्सा शिक्षा आयोगसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि लिखित सम्झौता हुनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गर्दै पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो ।

त्यसपछि चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि पुनरावलोकन गर्न सरकार सकारात्मक भएको हो । वार्ता सकारात्मक भएपनि सम्झौता नभएसम्म पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम यथावत रहने स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले बताए ।

‘राति छलफल भएको हो । छलफल सकारात्मक भएको छ । तर सम्झौता भएको छैन । हाम्रो कार्यक्रम यथावत रहन्छ,’ उनले भने । आज पठनपाठन समेत रोक्ने चेतावनी आवासीय चिकित्सकहरुले दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै