बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २८, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २८ पुस,  बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
  • बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो ।
  • खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो ।

 

२८ पुस,  बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो ।

खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको छ । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिकाे माग गर्दै मृतकको शव उठाउन मानेका छैनन । बाघ नियन्त्रणमा लिन प्राविधिक टाेलीसहितकाे जनशक्ति खटिएकाे छ । सामुदायिक वनमा आक्रमण गरेकाले क्षतिपूर्तिबारे अन्योल रहेको छ । गएको साउनयता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणमा परेर तीन जनाको ज्यान गइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले उज्यालोलाई जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
हुम्लामा भिरबाट घरमा ढुंगा खस्दा ४ जना घाइते
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री