नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर ५, २०८०
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ५ मंसिर, काठमाडौं ।
  •  नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ ।
  • जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश बदर हुनुपर्ने र आफूहरुलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गरी थुनामा परेका आरोपितहरु उच्च अदालत पुगेका हुन् ।

५ मंसिर, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ ।

जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश बदर हुनुपर्ने र आफूहरुलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गरी थुनामा परेका आरोपितहरु उच्च अदालत पुगेका हुन् । न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ गरिरहेको छ । जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाड, सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. इन्द्रजित राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, आशिष बुढाथोकी, गोविन्द चौधरी, टंक कुमार गुरुङ, शरणार्थी नेता टेकनाथ रिजाल, सागर राई, रामशरण केसी, केशव तुलाधरले उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले उनीहरुको निवेदन सुनुवाइ गरी जिल्लाकै आदेश सदर गर्ने, उनीहरुलाई धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारेमा एउटा निर्णय गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
सोमबार विदेशी मुद्राको विनिमयदर कति?
नेप्से परिसूचक ४७ अङ्कले बढ्यो
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ