एचपीभी खोपले स्वास्थ्यमा असर गर्दैन, ढुक्क भएर लगानुहोस् : स्वास्थ्यमन्त्री

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ २२, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २२ माघ, काठमाडौं ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप ढुक्क भएर लगाउन आग्रह गरेका छन्।
  • मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर सुरू गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले परीक्षणबाट पूर्णरुपमा सही ठहरिएको भ्याक्सिन भएकाले ढुक्क भएर लगाउन आग्रह गरेका हुन्।

२२ माघ, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप ढुक्क भएर लगाउन आग्रह गरेका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर सुरू गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले परीक्षणबाट पूर्णरुपमा सही ठहरिएको भ्याक्सिन भएकाले ढुक्क भएर लगाउन आग्रह गरेका हुन्।

‘यसमा कुनैखालको जोखिमता छैन। यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन,’उनले भने,’यो परीक्षणबाट पूर्णरुपमा सही ठहरिएको भ्याक्सिन हो। यसकारण सरकारले लक्षित गरेको उमेर समूहलाई खोप लगाउनु आग्रह गर्न चाहन्छु।’ मन्त्री पौडेलले खोपबारे प्रचारप्रसार गरिदिन सामाजिक अभियन्ताहरूसँग आग्रह समेत गरे। युवा पुस्तालाई क्यान्सर रोगबाट बचाउन अभियान सञ्चालन गरिएको उनको भनाइ छ। १७ लाख बढि किशोरीलाई खोप लगाउने तयारी रहेको बताउँदै मन्त्री पौडेलले अभियानमा सहभागी गराइन दिन आग्रह समेत गरे।

मन्त्री पौडेलले फागुनमा ५ लाख बढी महिलामा स्क्रिनिङ सेवा दिने तयारी रहेको बताए।उनले भने,’क्यान्सरविरुद्ध लड्न एचपीभी मात्रै पूर्ण हुँदैन।  स्क्रिनिङ गरेर क्यान्सर छ छैन जानकारी हुन्छ। यसकारण सरकारले फागुन महिनामा स्क्रिनिङ अभियान सञ्चाल गर्दैछ। फागुनमा मात्रै ५ लाख बढि महिलामा स्क्रिनिङ सेवा दिने लक्ष्य लिएका छौं।’ उनले नयाँ पुस्तामा स्वास्थ्य चेतना अभिवृद्धि गर्न विद्यालय तहमा स्वास्थ्य  विषय अनिवार्य गराउन सरकारले शिक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेको समेत जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।  यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृ*त्यु, ४ नयाँ भेरियन्ट पुष्टि
बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम
आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
नेप्से १३.३५ अंकले घट्यो
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु