मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष १९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १९ पुस, जनकपुरधाम ।
  • मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को‌ कार्यालयमा राजीनामा दिएर फर्केका सहसचिव दामोदर गौतमले जिम्मेवारी सम्हालेका छन् ।
  • उनले मधेश प्रदेश लोकसेवा आयोगको सचिव पदको जिम्मेवारी सम्हालेका हुन् ।

 

१९ पुस, जनकपुरधाम । मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को‌ कार्यालयमा राजीनामा दिएर फर्केका सहसचिव दामोदर गौतमले जिम्मेवारी सम्हालेका छन् । उनले मधेश प्रदेश लोकसेवा आयोगको सचिव पदको जिम्मेवारी सम्हालेका हुन् ।

मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपसचिव जयकुमार राउतका अनुसार ११ गते सहसचिव गौतमले प्रदेश लोकसेवा आयोगको पदस्थापन पत्र बुझे थिए । सोही दिन सहसचिव गौतमले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता गंगेशगुञ्जन झाले जानकारी दिए । उनै सहसचिव गौतमले पुस ५ गते मुख्यमन्त्री कार्यालयमा हस्तलिखित राजीनामा पत्र बुझाएर काठमाडौं फर्केका थिए । उनी केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुस ४ गते आएका थिए ।

भोलिपल्ट पुस ५ गते पुनः पदस्थापनको लागि मुख्यमन्त्री कार्यालय पुगेका थिए । प्रमुख सचिवको कार्यकक्षबाट निस्केपछि तनावमा देखिएका उनी अचानक राजीनामा पत्र लेखेर बाहिरिएका थिए । सहसचिव गौतमले प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकूलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख छ । कार्यालय स्रोतका अनुसार पदस्थापनको विषयमा प्रमुख सचिव पौडेलसँग गौतमको विवाद भएको थियो । राजीनामापछि पुस ७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट उनको मधेश प्रदेश लोकसेवा आयोगमा पदस्थापन गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
आज दुई संसदीय समितिको बैठक बस्दै
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह