सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १६, २०८१
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •   १६ साउन,कैलाली ।
  • गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ ।
  • सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए ।

 

१६ साउन,कैलाली । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ ।

सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परी गम्भीर र सामान्य गरी पाँच सय ३६ जना घाइते भएका छन् । जम्मा तीन सय नौवटा सवारी दुर्घटना भएका थिए । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको उनले जानकारी दिए ।

उनका अनुसार दुई सय सात मोटरसाइकल, ५० जिपरकार, ४० ट्र्याक्टर, २४ बस, १७ टेम्पो, १९ ट्रकरट्याङ्कर, नौ टिप्पर, सात माइक्रो, तीनवटा डोजर र ३० अन्य सवारी साधन गरी चार सय छवटा सवारी साधन दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गत आवमा छ हजार छ सय २६ वटा जनचेतनामूलक कार्यक्रम गरेको तथा उक्त कार्यक्रमबाट तीन लाख ८९ हजार दुई सय ६६ जना लाभान्वित भएका छन् । गत आवमै ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेको र उक्त कारबाहीबाट चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।

“मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले बढी दुर्घटना हुने गरेको पाइएको छ”, उनले भने, “अघिल्लो वर्षको तुलनामा नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटेको छ । दुर्घटनाको सङ्ख्या भने घट्न सकेको छैन । ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।” आर्थिक वर्ष २०७९र८० मा दुई सय ५५ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको थियो । सो आवमा सामान्य र गम्भीर गरी चार सय ७३ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारी चालक कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छनोट
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी