विराटनगरमा एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ७ असोज, काठमाडौँ।
  • एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।
  • सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् ।

७ असोज, काठमाडौँ।

एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो । पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । घटना हुनुभन्दा केही समयअघि पनि श्रवणले दाजु सन्तोषलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?