नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २५, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   २५ मंसिर,  काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ ।
  • नेप्सेसँगै करोबार रकममा पनि गिरावट देखिएको छ ।
  • मंगलबार नेप्से ६.

 

२५ मंसिर,  काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेसँगै करोबार रकममा पनि गिरावट देखिएको छ । मंगलबार नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित भएको हो । आज नेप्से ०.२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ ।

प्रि–ओपन सेसनमा झिनो अंकले घटेर सुरु भएको नेप्से बजार बन्द हुँदा पनि घट्दा ४ अर्ब ४१ करोड ३३ लाख २०  हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएको छ । ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभर ३०३ वटा कम्पनी कारोबारमा आउँदा ५२ हजार ७०५ पटक शेयर किनबेच भएको छ । बजार घट्दा निफ्राको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज १३ समूह मध्ये ४ समूह बढेको छ भने ९ समूह घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशतले बढेर ६ हजार ७९७.८२ विन्दुमा पुगेको छ । त्यस्तै, होटेल तथा पर्यटन ०.२८ प्रतिशतले, लघुवित्त ०.१३ प्रतिशतले र ट्रेडिङ समूह ०.३० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूह १ प्रतिशतले घटेर १२ हजार ९७७.९१ विन्दुमा पुगेको छ ।

साथै, वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले, विकास बैंक समूह ०.५२ प्रतिशतले, फाइनान्स ०.७१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, म्युचुअल फण्ड ०.१७ प्रतिशतले, निर्जीवन बिमा ०.१९ प्रतिशतले र अन्य समूह ०.१६ अंकले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
दाङमा चार महिनामा २६३ उद्योग–व्यवसाय बन्द
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृ*त्यु
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा