चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
सारांश
- ११ पुस, काठमाण्डु– पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन १२९ जना चिनिया खेलाडी पोखरा आइपुगेका छन् ।
- चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरु पोखरा आएका हुन्।
- खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।
११ पुस, काठमाण्डु– पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन १२९ जना चिनिया खेलाडी पोखरा आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर उनीहरु पोखरा आएका हुन्।

खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया