लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २५ मंसिर, काठमाडौं ।
  •   सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
  •   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको हो।

 

२५ मंसिर, काठमाडौं । 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको हो। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ४१ बलमा चार चौका र एक छक्का प्रहार गर्दा सुवास भण्डारीको बलमा मार्टिन गप्टिलको हातबाट क्याच आउट भए।

कप्तान रोहित पौडेलले ३४ रन थपे। ३० बलमा दुई चौका र दुई छक्का प्रहार गरेका रोहित ३४ रन बनाउँदा सुवासकै बलमा बोल्ड आउट हुन पुगे।  त्यस्तै, २२ बलमा चार चौका सहयोगमा २९ रन बनाएका निरोसन डिकवेल्ला लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा साम हेजलेटको हातबाट क्याच आउट हुन पुगे।  विराटनगरविरुद्ध राम्रो सुरुवात गरेको लुम्बिनीको मध्यक्रम लामो समय क्रिजमा टिक्न नसक्दा विशाल योगफल बनाउन असफल भयो।  १३.५ ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाएको लुम्बिनीले त्यसपछि लगातार विकेट पतन हुँदा विशाल योगफल बनाउन सकेन। लुम्बिनीले १४.५ ओभरपछि १३ बलमा सात रन जोड्दा तीन विकेट गुमाएपछि दबाबमा आएको थियो।  ओपनर दिनेश अधिकारी एक रन बनाउँदा सुवास भण्डारीको बलमा साम हेजलेटको हातबाट क्याच आउट भए। सन्दीप जोरा र जेजे स्मिथ शून्य रनमा नै पेभेलियन फर्के।

दिलीप नाथ एक रनमा नै पेभेलियन फर्के। शेर मल्ल सात रन बनाउँदा प्रतिशको जिसीको बलमा मार्चेन्टको हातबाट क्याच आउट भए। रुवेन ट्रम्पलम्यान ११ रनमा नटआउट रहे।  विराटनगरका लागि सुवास भण्डारीले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १४ रन मात्र दिए।  त्यस्तै, प्रतिश जिसीले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट आफ्नो नाममा गरे। सन्दीपले चार ओभरमा १८ रन दिए।  विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।  यो खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?