एमाले सभाका लागि र्‍याली सुरु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ७ मंसिर, काठमाडौं ।
  • नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ ।
  • अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् ।

७ मंसिर, काठमाडौं ।

नेकपा एमालेले आज दरबारमार्गमा गर्ने सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ । अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।

सभाका लागि काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउनले एमालेले जनाएको छ ।ट्राफिक प्रहरीले सभा हुने स्थान दरबारमार्ग क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?