कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
सारांश
- १६ मंसिर, काठमाडौँ ।
- नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कुशल मल्लले प्रहार गरेको छक्काले चियर लिडर घाइते भएकी छिन्।
- उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चियर लिडरको नाकमा बलले लागेको थियो।
१६ मंसिर, काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कुशल मल्लले प्रहार गरेको छक्काले चियर लिडर घाइते भएकी छिन्। उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चियर लिडरको नाकमा बलले लागेको थियो।
मल्लले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गरेको बल उनको नाकमा लागेको हो। बलले लागेपछि चियर लिडरको नाकबाट रगत समेत बगेको थियो। हरेक खेलको चौका र छक्कामा चियर लिडरले सेलिब्रेट गर्ने गर्दछन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया