इटहरीको गजुरमुखी होटलबाट ६ जुवाडे पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   धरान : सुनसरीको इटहरी उपमहानगरपालिका-६ मा संचालनमा रहेको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन्।
  • गयराति  होटलको तीनतलामाथि तासजुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
  • होटलको तेस्रो तलामा पहरी निरीक्षक महेन्द्र पराजुली नेतृत्वको टोलीले उनीहरूलाई पकाउ गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताए।

 

धरान सुनसरीको इटहरी उपमहानगरपालिका-६ मा संचालनमा रहेको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन्। गयराति  होटलको तीनतलामाथि तासजुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

होटलको तेस्रो तलामा पहरी निरीक्षक महेन्द्र पराजुली नेतृत्वको टोलीले उनीहरूलाई पकाउ गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताए। पक्राउ पर्नेमा होटल संचालक नविन पुरी, इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी-१७का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र नगरपालिका-१ का ३० वर्षीय सुबास राइ, बराहक्षेत्र-८ का खडग बहादुर बिस्ट र रामधुनी नगरपालिका-५ का ४६ वर्षीय गौरी शंकर रहेको डिएसपी भण्डारीले बताए।

पक्राउ परेका जीवन कार्की र खडग बहादुर बिष्ट पेसेवर जुवाडे रहेको प्रहरीले जनाएको छ। दुबैजना गत भाइटिकाको दिन सुनसरीको नडाहाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। जुवाडेको साथबाट २ लाख २८ हजार ५ सय नगद र ८ प्याकेट तास बरामद गरिएको छ। पक्राउ परेका विरुद्ध आजै म्याद थप गरि घटनाको अनुसन्धान थालिने डिएसपी भन्डारीले बताएका छन्। प्रहरीले पक्राउ परेका जुवाडेलाई सार्वजनिक भने गरेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत
सरकारको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ
टक्सार महाशाखामा असर्फी किन्नेको भिड
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक