खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २६, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २६ भदौ, जनकपुरधाम ।
  • बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
  • बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् ।

 

२६ भदौ, जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।Worldlink adsबचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्काश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।डीएसपी सापकोटाका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो । चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए । त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए । श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट
कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु
भारतीय गायक सोनु निगम नेपाल आउँदै
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
तीन दलका शीर्ष नेताबीच छलफल