यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १९, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १९ चैत, काठमाडौं– सरकारले आगामी पाँच आर्थिक बर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ ।
  • मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए।
  • बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

 

१९ चैत, काठमाडौं–

सरकारले आगामी पाँच आर्थिक बर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ । मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए।

बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्तकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ भने नेपाल स्टक एकस्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।त्यस्तै बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको कार्यकारी

निर्देशक पदमा कृषि मन्त्रालयका वरिष्ठ अर्थ बिज्ञ डा प्रद्युम्नराज पाण्डेलाई नियुक्त गरेको छ भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले म्यानमार सरकारलाई औषधि लगाएतका राहत सामाग्री उपलव्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कालोसूचीबारे चिन्ता, तर योजनाको काम रोकिँदैन : अर्थमन्त्री खनाल
कर्णाली सरकारले ल्यायो ३१ अर्बको बजेट (पूर्ण पाठसहित)
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू