कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ फागुन, काठमाडौं ।
  • कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।
  • प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो ।

२८ फागुन, काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, २० फागुन प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।उनलाई ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च बनाएको छ : प्रधानमन्त्री
एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
बुवाको ह*त्यामा संलग्न छोरा पक्राउ
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट