कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २४, २०८१
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं– प्रहरीले कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ गरेको छकैलालीको जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् ।
  • इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

काठमाडौं– प्रहरीले कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ गरेको छकैलालीको जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।त्यस्तै झापाको झापा गाउँपालिका-४ ग्रामथानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५९ मिलिग्राम सहित शिवसताक्षी गाउँपालिका-३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरुङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरुङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सचिवालय बैठक बस्दै
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
पोखरा महानगरपालिकामा अख्तियारको छापा
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ