यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ७ मंसिर, सर्लाही।
  • ब्लु डायमण्ड सोसाइटीको आयोजनामा पहिचान नेपालको सहकार्य र फ्रेड फाउन्डेसनको आर्थिक सहयोगमा सर्लाहीमा नेपाल प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी बुझाइ अभिवृद्धि गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  • उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय सर्लाहीको भवनमा आयोजना गरिएको थियो।

७ मंसिर, सर्लाही।

ब्लु डायमण्ड सोसाइटीको आयोजनामा पहिचान नेपालको सहकार्य र फ्रेड फाउन्डेसनको आर्थिक सहयोगमा सर्लाहीमा नेपाल प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी बुझाइ अभिवृद्धि गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय सर्लाहीको भवनमा आयोजना गरिएको थियो।

कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङ, मानव अधिकारकर्मी भूमिका श्रेष्ठ र सामाजिक अभियन्ता एन्जल लामाले सहकार्य गरेका थिए। पहिचान नेपालको तर्फबाट कार्यक्रम संयोजक अब्दुल अहमद (नगमा) उपस्थित थिए। नेपाल प्रहरीतर्फबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी उपनिरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको जीवन, चुनौती र कानूनी संरचनाबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा भूमिका श्रेष्ठले यौनिकता, लैङ्गिकता र यौन विशेषताबारे प्राविधिक जानकारी दिँदै समुदायप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन आह्वान गरिन्। पिंकी गुरुङले नेपालको कानून र नीतिहरूको जानकारी गराउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई कानूनी संरचनाबाट सहयोग गर्न नेपाल प्रहरीले खेल्न सक्ने भूमिकाबारे प्रकाश पारिन्। त्यस्तै, एन्जल लामाले समुदायमाथि हुने हिंसाका घटना र त्यसलाई रोक्न आवश्यक उपायहरूको जानकारी गराइन्।

उक्त कार्यक्रमले प्रहरी अधिकारीहरूलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी थप संवेदनशील बनाउँदै उनीहरूप्रति समावेशी र सहयोगी दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
कास्कीमा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै