बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २२, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   २२ साउन, काठमाडौं ।
  • सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
  • विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

 

२२ साउन, काठमाडौं । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो । तर, सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्त्रालयको सहमति प्राप्त गरी स्वीकृत गर्ने निर्णय गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय प्राप्त नहुँदा त्यो स्वीकृत हुन सकेको थिएन । हालै मात्र अर्थले सहमति दिएपछि सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार