कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण १४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १४ साउन, काठमाडौं ।
  • कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ ।
  • प्रदेश वन निर्देशनालय धरानका प्रमुख डा.

१४ साउन, काठमाडौं ।

कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । प्रदेश वन निर्देशनालय धरानका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२-६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट ९७ जनाको मृत्यु भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए ।

उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले बताए । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । प्रमुख डा. सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा ९, सुनसरीमा ६ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए ।

‘सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ,’ उनले भने, ‘स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरुरी छ ।’ उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।  हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई संघीय सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप प्रदान गर्दै आएको छ ।

 

घाइतेलाई उपचारका लागि २५ हजारदेखि १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको निर्देशनालयका प्रमुख डा. सापकोटाले जानकारी दिए । उनले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बीमा कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो । ‘कार्यक्रमको प्रभावकारिता र सम्भावना कस्तो रहन्छ त्यो हेरेर आगामी दिनमा संघीय सरकारसँग यसको दिगोपना एवं कानुनी प्रावधानका सन्दर्भमा सहजीकरणका लागि अनुरोध गर्नेछौँ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
नवलपुरमा भाषण गरेपछि बेहोस भएका वडाध्यक्षको निधन
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
एमाले सचिवालय बैठकः विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
एक वर्षमा ७३ बालबालिकाको उद्धार
राहदानी विभागकाे डाटा ‘ह्याक’, समस्यामा सेवाग्रही
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृ*त्यु