तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • ९ साउन, काठमाडौं ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।
  • प्रतिनिधि सभामो शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले यस्तो माग गर्नुभएको हो ।

९ साउन, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभामो शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको टिप्पणी गर्नुभयो । न्यायपालिकाले तीनकुने घटनाकारे सत्यतथ्य रुपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराधसहति चारवटा झुटा मुद्दा लगाइएको छ । मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दुधको दुध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ । म संसदमार्फत माग गर्न चाहान्छु तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गरौं । यस्तो घटनाको पनि छानविन गर्दैनौं भने हामी के को छानविन गर्ने ? र दोषिलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् ।’
उहाँले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता, ८ जना पक्राउ
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी