चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ३१, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३१ साउन, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
  • ​ सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले ​पदभार सम्हालेका हुन् ।

 

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।​

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले ​पदभार सम्हालेका हुन् ।​ यसअघि उनी शपथपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेका थिए । प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका छन् । ओलीको स्वागतमा ब्राम्हणहरू स्वस्ति वाचन मन्त्रोच्चारण गरेका थिए । ओलीलाई प्रधानमन्त्रीको कार्यालयमा निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले टीका मालासहित स्वागत गरेकी थिइन् ।

ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भएका थिए ।  ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुई–तिहाई बहुमतको हाराहारीको सरकारको नेतृत्व गरेका थिए । यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि नेकपा (एमाले)का अध्यक्ष ओली दुई–तिहाई मतसहितको प्रधानमन्त्री बनेका छन् ।  राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रमा सुधार ल्याउने, संविधानका कमजोरी सुधार्ने, नागरिकलाई डेलिभरी दिनेलगायत प्रतिबद्धता जनाउँदै दुई ठूला दलले सरकार बनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा चार जनाको मृत्यु
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु, दुईजना समातिए
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित
पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पोखरेल निर्वाचित