सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ साउन, काठमाडौं ।
  •   सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताउनुभएको छ ।
  • शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

२ साउन, काठमाडौं । 

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गर्नुभयो । काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको बताउनु भयो ।

सुरक्षा बललाई पोशाक किन्न ३ अर्ब ७ करोड आवश्यक पर्ने भएपनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोशाक किन्न समस्या रहेको गुनासो गर्नुभयो । यसबारेमा सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीहरुले धेरै समस्यामा काम गर्नु परिरहेको छ । रासनकै पनि धेरै कमी छ । काठमाडौंमा २०३ रुपैयाँ छ । त्यसले दिनभरको चियादेखि सुत्ने बेलासम्मको खानाको म्यानेज गर्नुपरेको छ ।

पोशाकमा नियमावलीमा दिएको अधिकारअनुसार किन्नुपर्दा पोशाक लगभग ३ अर्ब ७ करोड हामीलाई आवश्यक पर्दछ । जम्मा ६१ करोड १८ लाख दिइन्छ । क्वालिटीअनुसारको बुट, लुगा किन्न समस्या छ । यसको व्यवस्थापनमा नेपाल सरकार गम्भीर हुन जरुरी छ ।’ सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताउनु भयो । मनोबलका लागि ५ सय जनाको इन्स्योरेन्स गरेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु