विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु, दुईजना समातिए

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर छन् ।

 

काठमाडौं । बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर छन् ।

बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।काठमाडौं । बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर छन् । बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शुक्रबार (माघ २५) राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा उनीहरूले दिनेशसहित ६ जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट दिनेश गम्भीर घाइते भएका थिए । कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई भारतको लखनऊ पठाइएको थियो । त्यहाँ उपचारका क्रममा आइतबार (माघ २७) बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते अरू पाँचजनाको उपचार जारी छ । कोहलपुरकै मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
डा. गोविन्द केसीले तोडे अनसन
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
मोटरसाइकल ट्रकमा ठो*क्किँदा चालकको मृ*त्यु
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा