प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ २, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ।
  • बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्न लागेको हो।

काठमाडौं ।

प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्न लागेको हो। बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?