१४ डीएसपीको काज सरुवा, को कहाँ ?

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   ४ फागुन, काठमाडौं ।
  • प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ ।
  • सरुवाको सूचीमा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म छन् ।

 

४ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ । सरुवाको सूचीमा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म छन् । जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ । रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ ।

डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ । मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयमै मानव स्रोत विभागमा सरुवा गरिएको छ । त्यस्तै जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारामा काज सरुवा गरिएको छ । जीवन निरौलाको भने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ । निरन्जन थापाको वृत्त महाराजगञ्जमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवाको जिम्मेवारी दिइएको छ । खगेन्द्रबहादुर खड्कालाई चन्दको ठाउँ झापामा पठाइएको छ । विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा सरुवा भएका छन् । ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुखमा सरुवा भएका छन् । अर्का डीएसपी राजन लाामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मेवारी दिइएको छ । इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ । विजयराज पण्डितलाई भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क र उपचार गराउन महानगरले गर्यो वीर अस्पतालसँग सम्झौता
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना