खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   वैशाख ९  खोटाङ ।
  • खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ ।
  • जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो ।

 

वैशाख ९  खोटाङ ।

खोटाङमा पहिलो पटक क्रिकेट खेल मैदान निर्माण गरिएको छ । जिल्लाकै पहिलो क्रिकेट मैदान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको काफ्लेगाउँमा निर्माण गरिएको हो । ८७ मिटर लम्बाई र ५७ मिटर चौंडाई भएको क्रिकेट मैदान खोटाङ जिल्ला क्रिकेट सङ्घको पहलमा निर्माण गरिएको छ ।

आठ रोपनी जग्गा व्यवस्थापन गरेर कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त ८ लाखमा ‘लफ्याङ सिरान क्रिकेट खेल मैदान’ क्रिकेट खेल मैदान निर्माण गरिएको खोटाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले बताउनुभयो । नयाँ पुस्तामा क्रिकेट खेलप्रति रुची जगाउने, क्रिकेटको प्रवद्र्धन गर्ने र ग्रामिण क्षेत्रमा क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल मैदान निर्माण गरिएको उहाँको भनाइ छ । क्रिकेट खेल मैदान निर्माणका लागि अघि सरेको क्रिकेट सङ्घलाई स्थानीय मझुवा सेवा समाजमा आबद्ध स्थानीयले ५ रोपनी ८ आना जग्गा किनिदिएका छन् । यस्तै, डाँडाबारीका गोबिन्द कट्वालले एक रोपनी, खड्गबहादुर कट्वालले एक रोपनी र धनमायाँ कट्वालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

यस्तै, खेल मैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कट्वालले पनि निःशुल्क जग्गा उपलव्ध गराएका छन् ।  क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी १ लाख १० हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलव्ध गराइएको मझुवा सेवा समाजका सदस्य भुपराज कट्वालले बताउनुभयो । सदस्य कट्वालका अनुसार क्रिकेट खेल मैदान बनाउनका लागि जग्गा खरिद गर्न मझुवा सेवा समाजका सदस्यबीचबाट सहयोग सङ्कलन गरिएको छ । गाउँबिचको खेतीयोग्य जग्गामा क्रिकेट खेल मैदान बनाउनका लागि वडा कार्यालयले सहजीकरण गरेको थियो । खेल मैदानका लागि थप ६ रोपनी जग्गा जुटाउनकालागि पहल गर्ने वडाध्यक्ष दिनेश घिमिरेले बताउनुभयो ।

खोटाङ जिल्ला क्रिकेट सङ्घ गठन गरेर केही समय अघिदेखि विभिन्न गतिविधि गर्दै आए पनि हालसम्म नेपाल क्रिकेट संघको आधिकारिक सदस्यता भने पाएको छैन् । १४ जिल्ला रहेको कोशी प्रदेशमा हालसम्म ५ वटा जिल्लाले मात्र सदस्यता पाएका छन् ।  क्यानको आधिकारिक सदस्यता पाउनको लागि विभिन्न आधारभूत कुराहरू पूरा गर्नु पर्ने भएकाले खेल मैदान निर्माण गरिएको अध्यक्ष खोटाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष राईको भनाइ छ । सदस्यता प्राप्तका लागि सबै कुरा तयार गरेर पेस गरिएको छ । केही समय पश्चात खोटाङले क्यानको सदस्यता पाउने उहाँले बताउनुभयो ।  क्यानको सदस्यता प्राप्त गरे पश्चात जिल्लामा थप क्रिकेटका गतिविधिहरू बढाउने राईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
रुकुममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही