प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ १४, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १४ माघ, काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।
  • बैठकमा सहभागीहरुका अनुसार १७ माघमा प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय समन्वय परिषदको बैठक बसेपछि लामो समयदेखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढ्नेछ।

१४ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको विषययत समितिले प्रहरी समायोजन तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा सहभागीहरुका अनुसार १७ माघमा प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय समन्वय परिषदको बैठक बसेपछि लामो समयदेखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढ्नेछ। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन बमोजिम बनेको समितिको पहिलो बैठक आइतबार गृह मन्त्रालयमा बसेको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकमा सात प्रदेशका गृहमन्त्रीका साथै स्थानीय तहका प्रतिनिधि पनि उपस्थित थिए । बैठकले लामो समयदेखि अवरुद्ध प्रहरी समायोजन शीघ्र अगाडि बढाउने निर्णय गरेको छ । साथै संघीय प्रहरी ऐन निर्माण तथा प्रहरी समायोजन ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन) संशोधन अघि बढाउने निर्णय गरेको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकमा प्रदेश गृहमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीले प्रदेशसँग समन्वय गर्ने विद्यमान व्यवस्था अपर्याप्त भएको बताएका छन् । प्रहरी समायोजन र कानुन संशोधनको प्रक्रियामा आपसी समन्वय गर्दै अघि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?