नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १३ फागुन, काठमाडौं : नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा दुई समूहबीच झडप भएको छ।
  • झडपका क्रममा प्रहरीको गाडी जलाइएको छ।
  •  स्थिति नियन्त्रण लिन प्रहरीले तीन राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्याँस प्रहार गरेको नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक नारायण थापाले जानकारी दिए।

 

१३ फागुन, काठमाडौं : नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा दुई समूहबीच झडप भएको छ। झडपका क्रममा प्रहरीको गाडी जलाइएको छ। स्थिति नियन्त्रण लिन प्रहरीले तीन राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्याँस प्रहार गरेको नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक नारायण थापाले जानकारी दिए।

‘अहिले अवस्था नियन्त्रणमा छ। दुई व्यक्तिबीचको रिसइबीको विषयले धार्मिक द्वन्द्वको अवस्था उत्पन्न भएको हो,’ उनले भने, ‘झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा आजगनी गरेका छन्। थप अनुसन्धान भइरहेको छ।’ उनका अनुसार विहान नौ बजे भएको झडपमा १६ प्रहरीसहित २१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना स्थानीय, १२ जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरी रहेका छन्। दुई झडप गर्ने समूहबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएकोमा सोही विषयमा तनाब बढेपछि दुई समूहबीच झडप भएको थापाले  बताए।

घटनाकोबारे सांसद अमरेशकुमार सिंहले आजको प्रतिनिधि सभा बैठकमा जानकारी दिँदै देशको कानूनी व्यवस्थाबारे प्रश्न उठाए। हिजो बेलुका नै झडप हुँदा स्थानीय प्रशासन सतर्क हुनुपर्थ्यो। तर घटनालाई लाइट्ली लिइएको देखियो। हिजो एउटा सिडियो सरुवा भएकोमा बाटैबाट उसलाई फर्काएर अहिले अर्को सिडियो पठाउने कुरा भइरहेको छ। प्रशासनलाई निकम्मा बनाउने काम सरकारले गरिरहेको छ।’ उनले उक्त घटनाबारे सरकारलाई जानकारी गराउन समेत सरकारको ध्यानाकर्षण गराएका छन्। सो घटनामा मानवीय क्षति नहोस् भन्दै उनले भपे, ‘प्रहरीले भीड देख्नेबित्तिकै गोली चलाउन छाडोस्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?