पूर्व शिक्षामन्त्री उपाध्यायको निधन

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २८ मंसिर, काठमाडौं ।
  • कांग्रेसका पुराना नेता तथा पूर्वशिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ।
  •  मोरङको विराटनगर निवासी ९२ वर्षीय उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

२८ मंसिर, काठमाडौं ।

कांग्रेसका पुराना नेता तथा पूर्वशिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ। मोरङको विराटनगर निवासी ९२ वर्षीय उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।  २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी शिक्षामन्त्रीबाट पदमुक्त भएका थिए। उपाध्यायको अन्तिम दाहासंस्कार सोमबार पशुपती आर्यघाटमा हुने बताइएको छ। राजनीतिक संघर्षका क्रममा उनी पटक–पटक पक्राउ परेका थिए।  पञ्चायती व्यवस्थाको बेला उपाध्यायले निर्वासित जीवनसमेत बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?