नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २६, २०८०
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • २६ फागुन, काठमाडौं ।
  • मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो ।

२६ फागुन, काठमाडौं । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो । बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि हङकङले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको हो । हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भए । नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग आज मैत्रीपूर्ण खेल खेलको हो । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ‘ए’ सँग बुधबार खेल्ने तालिका छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?