Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, १८ : ०२ : ०८ | Apr 18, 2026

खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्छौं : कुलमान घिसिङ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १३ चैत, काठमाडौं ।
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् ।
  • शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

१३ चैत, काठमाडौं ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् । शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको पनि घिसिङले उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। सुशासनको मागसहित जेन–जी पुस्ताले शुरू गरेको आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको यस सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई थप नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, र पूर्वाधार विकासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा यो सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु। साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...