इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २५, २०८०
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
  • मोर्चाले सोमबार विराटनगर गरेको सन्देश सभामा ‘प्रचण्ड’ले गणतन्त्र ल्याउनेहरू रक्षात्मक र गाली गरेको भरमा आएकाहरू पार्टी हुने जस्तो विडम्बना देखिएको बताए ।

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मोर्चाले सोमबार विराटनगर गरेको सन्देश सभामा ‘प्रचण्ड’ले गणतन्त्र ल्याउनेहरू रक्षात्मक र गाली गरेको भरमा आएकाहरू पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’ यस्ता प्रचार गर्नेहरू चाहिँ राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरङ्कुशताका दलालहरू‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरूमध्येकै एकले नेपाली काँग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरूको मनोबल कस्तो रहेछ, तपाईँ हामी चाहिँ बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’ भोलि सूदुपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?