ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ३१, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   भोजपुर, ३१ चैत : जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ ।
  • संघीय सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागतमा सडक स्तरोन्नति थालिएको हो ।
  • पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ ।

 

भोजपुर, ३१ चैत :

जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागतमा सडक स्तरोन्नति थालिएको हो । पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ ।

हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिनुभयो । अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ । पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–सहिद गेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईका अनुसार गाउँपालिकाको पहलमा लागतमा पहिलो खण्डको काम भइरहेको छ । धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागत सडक स्तरोन्नति थालेका छौँ ।

उक्त सडकको अन्य दुई खण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताउनुभयो । पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म रु २० लाख बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु दुई करोड पाँच लाख लागतमा स्तरोउन्नति गरिने अध्यक्ष राईले बताउनुभयो । हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुने सडकको स्तरोन्नति थालिएपछि स्थानीयवासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताउनुभयो । सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवनमा सहजता हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवस मूल समारोह समिति गठन
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह
पर्सामा १७६ किलो गाँजा बरामद
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
निजामति भित्र समेट्न माग गर्दै स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन