धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २०, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २० जेठ, कैलाली ।
  • धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ ।
  • उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो ।

२० जेठ, कैलाली ।

धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो । उपमहानगरभित्र रहेका तीन वटा हाट (फलफूल तथा तरकारी) बजारमा अनुगमन गर्दा विषादीको मात्रा अत्याधिक प्रयोग भएका अखाद्य आँप पाइएपछि नष्ट गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख महेश मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहिद गेट कृषिउपज थोक बजार, दक्षिणकाली मार्ग सब्जी मन्डी र धनगढीको चौराहास्थित हाट बजारबाट तरकारी तथा फलफूलका नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो, गोलभेँडा, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको जनाउँदै मल्लले खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको बताउनुभयो । परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो ।

उहाँका अनुसार संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी तीन वटा हाट बजारबाट फलफूल तथा तरकारीका १८ वटा नमूना सङ्कलन गरिएको थियो । ती नमूनाको विषादी अवशेष द्रुत विष्लेषण विधिबाट परीक्षण गर्दा आँपको नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले दुई हजार २६७ किलो आँप नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी १७ वटा नमूनामा कैफियत नपाइएको उल्लेख गर्दै प्रमुख प्रधानले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहे पनि खान योग्य मानिएको बताउनुभयो । उहाँका अनुसार आँपमा विषादीको अवशेष उच्च भएकाले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले खान अयोग्य ठहर गरी नष्ट गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- वेल प्रिपेयर्ड
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा