मन्त्रीका काकाको कारण सशस्त्रमा लफडा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर १६, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १६ मंसिर, काठमाडौं ।
  • गृहमन्त्रालयले मन्त्रीका काका नाता पर्नेलाई बढुवाका लागि हतारमा डिआइजी पद थप्दा समस्या उत्पन्न भएको छ ।
  • सशस्त्र प्रहरी बलमा कानुन तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० बढुवा प्रक्रियामा विवाद आएकाले तत्काल अघि नबढ्ने भएको हो ।

 

१६ मंसिर, काठमाडौं ।

गृहमन्त्रालयले मन्त्रीका काका नाता पर्नेलाई बढुवाका लागि हतारमा डिआइजी पद थप्दा समस्या उत्पन्न भएको छ । सशस्त्र प्रहरी बलमा कानुन तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० बढुवा प्रक्रियामा विवाद आएकाले तत्काल अघि नबढ्ने भएको हो । काका नाता पर्नेलाई बढुवा गर्नका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले दरबन्दी थप गरेको आरोपपछि अहिलेलाई प्रकृया अघि नबढेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालका काका एसएसपी युवराज अर्याललाई डिआइजी बनाउने कानुनमा दरबन्दी थप गरिएको थियो ।

१४ जनाको कमाण्ड गर्न डिआइजीको दरबन्दी सिर्जना गर्नुले संगठनमा चरम बेथिति निम्तिएको थियो । आइजीपी राजु अर्यालले तीन वर्षसम्म विवादमा आउने कुनै काम नगरेका बेला १४ जना कर्मचारीका लागि एक दरवन्दी थप गरेर सिंगो संगठनका सदस्यलाई निराशामा राखेको गुनासो गर्न थालिएको छ । ‘जेन–जी’ आन्दोलनको जगमा बनेको सरकारले डिआइजीको दरबन्दी थप गर्ने निर्णय विवादमा परेपछि ‘करेक्सन’ गर्ने संभावना बढेको छ । यद्यपि सच्याई हाल्ने अवस्था भने छैन । आगामी मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा थपिएको कानुन समूहको डिआईजीको दरबन्दीलाई जसका लागि ल्याइएको हो उसलाई मात्र कार्यान्वयन हुने अरुलाई कार्यान्वयन नहुने गरी कायम गर्ने प्रयत्न गरिएको छ ।

गृह मन्त्रालय उच्च स्रोताका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालयभित्र रहेको एक एसएसपीलाई कमाण्ड दिने गरी विपद् व्यवस्थापन महाशाखा बनाउने सहमति भएको थियो। तर, स्वीकृत भएर आउँदा ३ डिआइजी थपिएको थियो । अहिले कानुनमा डिआइजी थप गर्दा सिंस ४ को अधिकृत एसएसपी हुने अवस्था आउनेछ । प्रशासनतर्फ सिंस ४ का अधिकृतहरु अहिले डिएसपी रहेका छन् । त्यसैगरी बढुवा हुँदै गए सिंस १७बाट एकै पटक डिएसपी हुने अवस्था सिर्जना भएको छ । जबकि सशस्त्र प्रहरीमा सिंस ४ का कतिपय अधिकृतहरु अहिले पनि डिएसपी रहेका छन् । ‘सिंस १७बाट डिएसपी हुने अवस्था आएमा संगठनको हालत के होला रु’,एक अधिकृतले भने । उनका अनुसार कानुनमा अहिले देखिदा १४ जनाको दरबन्दी देखिएपछि सारमा ९ जना मात्रै रहेका छन् । उनीहरुले काम चलाउदै आएको कानुन शाखालाई डिआइजीको दरवन्दी दिएपछि सशस्त्र प्रहरीमा हलचल नै पैदा भएको थियो । नेपाल प्रहरीमा कानुन शाखाको जिम्मेवारी एसपीले लिँदै आएको छ । नेपाल प्रहरीमा कानुन शाखामा दर्जनौ दर्जन प्रहरी अधिकृतहरु रहेको हुन्छन ।

सशस्त्रमा लेखा समूहलाई दुई एसएसपीको दरवन्दी दिएको पनि असन्तुष्टि रहेको छ । लेखा समूह खारेज हुनुपर्छ भनेर कुरा उठिएका बेला कानुनमा थपिएको डिआइजीले सशस्त्र प्रहरीका आइजीपीलाई समेत अप्ठेरो परेको छ । लेखा समूहमा करिब २ सय ५० अधिकृत रहेका छन् । नेपाल प्रहरीमा भने लेखा समूहमा प्रहरी नयाव निरीक्षक र सहायक निरीक्षकलाई तालिम दिएर पठाउने गरिन्छ । हरेक ६ वर्षमा उनीहरुलाई परिवर्तन गरिन्छ । तर सशस्त्र प्रहरीमा सो समूहबाहेक अरुलाई पठाउन नपाउने कानुनी प्राब्धान रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
ब्राह्मण समाज नेपालको विविध निर्णय