सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सारांश
- १४ साउन, सिरहा ।
- सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित आफ्नै घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या भएको छ ।
- हत्या गर्नेलाई कारबाहीको माग गर्दै अहिले पूर्व-पश्चिम महेन्द्र राजमार्गमा जाम गरेर नेकपा एमाले नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।
१४ साउन, सिरहा ।
सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित आफ्नै घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या भएको छ । हत्या गर्नेलाई कारबाहीको माग गर्दै अहिले पूर्व-पश्चिम महेन्द्र राजमार्गमा जाम गरेर नेकपा एमाले नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।


मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेर छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराए । बिहान ६:३० बजे प्रहरीले खबर भएको थियो त्यसपछि घाइते देखिएका वृद्धलाई अस्पताल लग्दा साढे ८ बजे मृत घोषित गरिएको उनले बताए । के, कति कारण हत्या गरिएको बारे थप अनुसन्धान भईरहेको डिएसपी पासवानले सुनाए ।

प्रतिक्रिया