बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  •   नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
  • जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

 

२४ वैशाख, काठमाडौं । 

नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशङ्कर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीलाई विपक्षी बनाइएको छ ।

यस्तै, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि विपक्षी बनाइएको छ ।उनीहरुमाथि कौडीको भाउमा मिलेमतोमा बिना प्रतिस्पर्धा लिजमा लगाइ अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुने गरी लिजमा लगाइएको आरोप छ । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भएपनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ