विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली

nepaltathya_news nepaltathya_news
|
बिहिबार, श्रावण १, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १ साउन, काठमाडौं ।
  •   नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् ।
  • पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

१ साउन, काठमाडौं । 

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कतिपयले केपी शर्मा ओलीकै चाहनामा भण्डारी अघि बढेको हुन सक्ने आकलन गरिरहेका बेला ओलीले त्यसलाई खण्डन गर्दै भनेका छन्– अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन ।

ठानेको छैन । पार्टी काम छाडेर उहाँ धेरै बाहिर बस्नुभयो ।” उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा प्रवेश गर्ने कुरालाई पार्टीले उपयुक्त समयमा निर्णय गर्ने बताए । चीनले नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेको बारेमा पनि पाण्डेले सोधेको प्रश्नमा ओलीको जवाफ थियो– नेकपा एमाले गोलबन्द छ त । फेरि कसलाई ? यो यस्तो हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ । एकता गरेर तर मारेका क्रिमियरहरुलाई फेरि ल्याएर पार्टीले के लाभ लिन्छ ? कम्युनिष्ट पार्टीलाई लाइट बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु भन्नेलाई फेरि ल्याउने ?” उनले भण्डारी पार्टीको उपाध्यक्ष भएका बेलामा राजीनामा गराएर राष्ट्रपति बनाएको स्मरण गर्दै ओलीले अहिले एमालेको राजनीतिमा फर्किनेबारेमा उहाँले केही सल्लाह नगरेको बताए । “विद्याजीको हकमा उहाँले कहाँ–कहाँ परामर्श गर्नुभयो । कतै त गर्नुभयो होला परामर्श नभई पार्र्टीको अध्यक्ष म छु ।  पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन– म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरौँ ।

म राजनीतिमा आउन मिल्छ कि मिल्दैन ? आउँ कि नआउँ ? भनेर उहाँले छलफल गर्नुभएको छैन । देशलाई फाइदा हुन्छ कि हुँदैन ? प्रणालीगत हिसाबले के हुन्छ ? भनेर उहाँले सल्लाह गर्नुभएको छैन । फेरि फर्किएर सक्रिय राजनीतिमा आउँदा सर्वमान्य नेताबाट दल विशेषको नेता हुन आउँदा के हुन्छ भन्ने विषयमा विचार विमर्श गरौँ भनेर भन्नुभएको छैन ।” उनले अरुसँग सल्लाह गरेको भए आफूलाई थाहा नभएको बताउँदै भनेका छन्– अरुसँग गरेको भए मलाई थाहा छैन । मसँग सल्लाह गर्नुभएको छैन । पार्टीमा आधिकारिक ढंगले छलफल गर्नुभएको छैन । उहाँको विषयमा पार्टीले निर्णय गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले जानुभएको होइन, हामीले पठाएको हो । पार्टी छाडेर जानुभएको हो । त्यसैले पार्टीले निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएर आउँछु भनेपछि आउन हुन्छ कि हुँदैन ? समाज र व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्छ नै । यो हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ । उहाँ आफैँले विचार गर्नुपर्छ । हामीले पनि जानकारी प्राप्त गरेका छौँ । सार्वजनिक ढंगले आउँछु भनेका कुराहरु । उहाँसँग हामीले सोध्नुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
रास्वपालाई प्रचण्डले सोधे : गणतन्त्रबारे तपाईंहरुको नीति के हो ?
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
आजका लागि विदेशी मुद्राको विनिमय दर
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन