वर्षाका कारण नेपाल र हङकङबिचको खेल ढिलाइ

nepaltathya_news nepaltathya_news
|
सोमबार, बैशाख ३, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • ३ वैशाख, काठमाडौँ।
  •  एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाले प्रभावित बनेको छ ।
  • ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा  बिहान ११:४५ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन ।

३ वैशाख, काठमाडौँ। एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाले प्रभावित बनेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा  बिहान ११:४५ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो ।

यस्तै हङकङ पनि दोस्रो जित निकाल्ने योजनामा छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासाँग भने ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?