सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमाले आमने सामने

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • २० पुस, काठमाडौं ।
  • आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
  • आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।

२० पुस, काठमाडौं ।

आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ । अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा उतारेको छ ।

साथै, अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित धिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा उत्रदैँछन ।  सहसचिवका लागि पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवारी दर्ता भएको छ ।

बाँकी ९ जना सदस्यका लागि १९ जना प्रतिस्पर्धामा रहेका छन । साथै, ६२६ मतदाता रहेको सर्वोच्च बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानुन ब्यावसायी बिचमा अलग अलग प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
आगलागीबाट भएको क्षति निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे संस्कृतिमन्त्री पाण्डे
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल