सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत, काठमाडौं ।
  •   सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ ।

 

२३ चैत, काठमाडौं । 

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ । चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको विज्ञाप्ती मार्फ जानकारी गराईको छ ।

विज्ञाप्तीमा छ, ‘पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले ग¥यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन । नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्दैछौ ।’ यस्तै, बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने, साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लाग अघि बढ्ने निर्णय पनि गरेको छ ।

यसको साथै, चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने । ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ’ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन अनुरोध गर्ने र पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच छलफल जारी
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना