अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २०, २०८०
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २० भदौ, काठमाडौं ।
  • उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन गरेको छ।
  • अस्पतालका निर्देशक डा.

२० भदौ, काठमाडौं । उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन गरेको छ।

अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार एक सूचना जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।दुई घन्टा कुर्दा पनि उपचार नपाएर उक्त अस्पतालको इमर्जेन्सी कक्षमै पाँच वर्षीया बालिकाको मृत्यु भएको थियो। अस्पतालका शाखा अधिकृत डम्बरु दाहाल सदस्य सचिव र नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य रहने गरी छानबिन समिति गठन गरिएको सूचनामा उल्लेख छ। घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न समितिलाई पाँच दिनको समय दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?