माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण २९, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • २९ साउन,  बारा।
  • बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।
  • सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो ।

२९ साउन,  बारा। बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए ।

सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट  प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ। माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी सापकोटाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
बेइजिङ पुगे प्रधानमन्त्री ओली,
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो