थाइल्याण्डबाट नेपालमा २२ किलो गाँजा तस्करी, विमानस्थलबाट समातिए दुई भारतीय

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   २० फागुन, काठमाडौं।
  • थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।
  • विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

 

२० फागुन, काठमाडौं। थाइल्याण्डबाट आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले उक्त गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला रहेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु थाई एयरवेजको उडान नं. टीजी३१९ बाट नेपाल आएका थिए । लगेज भित्र चक्लेटको प्याकेट बनाइ गाँजा ल्याइएको थापाले बताए । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि  लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?