रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति नायडू

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेटवार्ता गरेका हुन्।
  • रास्वपाको प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समिति घोषणा गर्न बैंगलोर पुगेका सांसदद्वयले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन्।

काठमाडौं ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेटवार्ता गरेका हुन्। रास्वपाको प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समिति घोषणा गर्न बैंगलोर पुगेका सांसदद्वयले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन्।

भारतका पूर्वउपराष्ट्रपति नायडूसँग अनौपचारिक भेटवार्ता भएको जानकारी दिँदै सांसद गौतमले फेसबुकमा लेखेकी छन्, ‘संक्षिप्त भेटका क्रममा भएको संवादमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहे ।’ भेटमा आफूहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानबारेमा समेत संक्षिप्त जानकारी गराएको उल्लेख गरेकी छन्।

उनले थपेकी छन्, ‘यो भेटवार्ता पूर्णतः अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ। यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको छौं।’ पूर्वउपराष्ट्रपति नायडू भारतीय जनता पार्टी (भाजपा)का नेता हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ