महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते
सारांश
- २३ फागुन, जनकपुरधाम ।
- महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।
- हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

२३ फागुन, जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया