बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष २०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २० पुस,  काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन्।
  • उनले आगामी माघ १ (१३ जनवरी) का दिन संसद् भवनभित्र आयोजना हुने विशेष कार्यक्रममा सम्बोधन गर्ने जानकारी दिइएको छ।

 

२० पुस,  काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन्। उनले आगामी माघ १ (१३ जनवरी) का दिन संसद् भवनभित्र आयोजना हुने विशेष कार्यक्रममा सम्बोधन गर्ने जानकारी दिइएको छ।

कोइरालालाई बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसले निमन्त्रणामा बेलायत जान लागेका हुन्। उनी पुस २८ मा बेलायत प्रस्थान गर्ने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। यसअघि कुनै पनि नेपाली सांसदले बेलायती संसद्मा सम्बोधन गरेका छैनन्। बेलायतले कांग्रेसका ‘वरिष्ठ नेता’ को उपाधि दिँदै सम्बोधनको निमन्त्रणा पठाएको कोइरालाको सचिवालयले जनाएको छ। कोइरालालाई नेपालको सबैभन्दा पुरानो दल कांग्रेसको प्रतिनिधित्व गर्नेगरी बेलायतमा निमन्त्रणा दिइएको हो। यसअघिको १३ औँ महाधिवेशनमा कोइराला वर्तमान सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

अहिले देउवासँग कोइराला समर्थकले ‘वरिष्ठ नेता’ दिन माग गरिरहेका छन् र विगतको कांग्रेस दृष्टान्त पनि सभापतिमा हार व्यहोरेको निकटतम् प्रतिस्पर्धीलाई ‘वरिष्ठ नेता’ दिने चलन थियो। देउवाले वरिष्ठ नेता दिन अनकनाइ राखेका बेलायत संसद्कै जननी मानिएको बेलायतले भने कोइरालालाई ‘वरिष्ठ नेता’कै रूपमा निमन्त्रणा दिएको छ। कोइरालाले सम्बोधन गर्ने कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहनेछ। बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुनेछन्। नेपाल र बेलायतबीचको सम्बन्ध २०० वर्षभन्दा पुरानो हो।

नेपाल–बेलायतबीचको सम्बन्ध दक्षिण एसियाकै पुरानो र सुदृढ कूटनीतिक सम्बन्ध हो। आजभन्दा १० वर्षअघि नै नेपाल–बेलायतबीच २ सय वर्षको सम्बन्धलाई स्मरण गर्न बेलायती विदेश मन्त्रालयले भव्य समारोह आयोजना गरेको थियो। नेपालले सन् १९३४ मै बेलायतस्थित लण्डनमा दूतावास स्थापना गरेको हो। नेपालको शिक्षा, स्वास्थ्य र विकासमा बेलायतको हरेक वर्ष सहयोग रहँदै आएको छ। बेलायती सेनामा नेपालीलाई भर्ती लिएर बेलायतको सुरक्षाको संवेदनशिल क्षेत्रमा नेपालीलाई नै राखिने गरेको छ। बेलायती पूर्वमहारानी एलिजा बेथ द्वित्तीया र वर्तमान चार्ल्सले पटकपटक नेपाल भ्रमण गरेका छन्। नेपालको संसदीय मोडल पनि बेलायती नै हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगियो,
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै