गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
सारांश
- १८ मंसिर,जनकपुरधाम।
- बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
- मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।
१८ मंसिर,जनकपुरधाम। बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सँख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको बताए ।

प्रतिक्रिया